Recent Posts

Saturday, December 14, 2019

ग्यांस र बिधुत बिचकाे तुलना

ग्राहकको रोजाइको विधुतिय सामग्रीबाट खाना बनाउँदा ५ जनाको परिवारमा मट्टितेलमा भन्दा १ सय २६ रुपैयाँ कम खर्च लाग्छ । यस्तै एलपीजी ग्यासको तुलनामा विधुतिय सामग्री प्रयोग गर्दा ३६४ रुपैयाँ उपभोक्तालाई कम भार पर्छ । ऊर्जा अध्ययन केन्द्रको अनुसन्धान अनुसार, ग्राहकको रोजाइको विधुतिय सामग्रीबाट खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विधुतिय  हट प्लेटलगायत पर्दछन् । तर ती सामग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै छन् ।
नेपालको कुनै पनि शहर तथा गाउँ–घरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा लाग्ने खर्च जम्मा ९ सय ९० रुपैयाँ मात्रै हुन्छ । ग्यासभन्दा यो रकम ४ सय ८८ रुपैयाँले कम हो । मट्टितेलको तुलनामा इन्डक्सन २५० रुपैयाँले सस्तो पर्छ । 

0 comments:

Post a Comment